टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको हो।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउन्डको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो।
स्कटल्यान्डका लागि चार्ल्स टेयर्सले सर्वाधिक ८० रन जोडे। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन्।
त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे। कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए।
यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए। माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए। ब्रेन्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई/दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
