मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामी सफल उपचारपछि डिस्चार्ज भएका छन्।
भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामी सफल उपचारपछि डिस्चार्ज भएका छन्। मिर्गौला र कलेजो प्रत्यारोपणको १९औँ दिनमा शिव महर्जन स्वास्थ्य लाभ गरी घर फर्केका हुन्।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला प्रत्यारोपण गरिएकी फूलमाया नेपाली भने एक हप्ताअघि नै डिस्चार्ज भइसकेकी केन्द्रले जनाएको छ। जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अंगमध्ये एउटा मिर्गौला र कलेजो महर्जन र अर्को मिर्गौला नेपालीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो।
नेपालकै प्रत्यारोपण विज्ञ चिकित्सकले यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन्। शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना कुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा. दिपेश श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. आरती राई, प्याथोलोजी विभाग प्रमुख डा. सबिना श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा. कृष्ण बुढाथोकी, कार्डियोलोजी विभाग प्रमुख डा. प्रवेश न्यौपाने र नर्सिङ निर्देशक पूजा कोइरालाको टोलीले प्रत्यारोपणमा मुख्य भूमिका निर्वाह गरेको थियो।
महर्जनले दुवै अंग प्रत्यारोपणपछि खुशी व्यक्त गरेका छन् भने उनका परिवारले यस्तो जटिल शल्यक्रिया नेपालमै न्यूनतम शुल्कमा यति छिटो हुन सक्छ भनेर कल्पनै नगरेको बताएका छन्। उनीहरूले डा. श्रेष्ठको नेतृत्वमा केन्द्रबाट प्रदान गरिएको सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताए। साथै, उनीहरूले अंग फेल भएका अन्य नेपालीलाई पनि आफ्नै देशको सेवामा विश्वास गर्न आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
