कान्तिलोकपथ चार दिन बन्द हुने

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने भएको हो। 

बागमती– कान्तिलोकपथ चार दिन बन्द हुने भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने भएको हो। 

मकवानपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सडक बन्द हुने जनाएको हो। कार्यालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।