युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।
जापोरिजीयाको क्षेत्रको उत्तरपश्चिमी भागको विद्युत् स्टेसनमा युक्रेनले आक्रमण गरेपछि रुसी अधिकारीले यस क्षेत्रमा बिजुली कटौती गरेका छन्।
आक्रमणबाट यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले विद्युत् कटौती गरिएको जापोरिझियाका गभर्नर येवगेनी बालिट्स्कीले जनाए। ऊर्जा मन्त्रालयलाई तत्काल मर्मत गरी बिद्युत् प्रवाह गर्न उनले निर्देशनसमेत दिएका छन्।
दुई दिनअघि युक्रेनले रुसी हवाई अड्डामा ड्रोन आक्रमणको घोषणा गरेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।
रुसी रक्षा मन्त्रालयले रुसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानमा आगलागी भएको पुष्टि गरेको छ।
मन्त्रालयले रुसको पूर्वमा चिनियाँ सीमा नजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ।(रासस/क्यूएनए)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
