आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको प्रधानमन्त्री बन्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन्।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६९ सांसद*को समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

दाहालले आफूलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थन रहेको दाबी गरेका छन्।
१६९ सांसदमध्ये एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४, जनता समाजवादी पार्टी (जसपा)का १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् भने स्वतन्त्र सांसदहरूमा प्रभु साह, अमरेश कुमार सिंह र किरण साहको समर्थन पनि प्रचण्डलाई रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई आइतबारसम्मको समय दिएर आह्वान गरेकी थिइन्। त्यही समयसीमाभित्रै दाहालले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
प्रधानमन्त्रीमा दाबी पेस गर्न दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू शीतल निवास पुगेका थिए।
वर्तमान सत्तागठबन्धनबाट प्रधानमन्त्री बन्न अन्तिमसम्म प्रयत्न गरेका दाहाल त्यसबाट पार नलागेपछि अन्तिम घडीमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्नलागेका हुन्।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेसहितका दलहरूको बैठकले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। -अपडेट*


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
