राष्ट्रियसभा सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले बर्खा शुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोजस्ता विपद्को जोखिमतर्फ ध्यानाकर्षण गराउँदै पूर्वतयारी र सतर्कता अपनाउन माग गरेका हुन्।
सांसद तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र शारदादेवी भट्टले विपद्को आकलनका आधारमा जोखिमयुक्त ठाउँको पहिचान गर्नुपर्नेमा जोड दिए। विपद् जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न पहल गर्नुपर्ने उनीहरूले सुझाव दिए।
“अध्ययन–अनुसन्धानबिना नदीजन्य उत्खनन गर्ने, अनावश्यक पहाड भत्काउने, प्रकृतिलाई तोडफोड गर्ने कामहरू भइरहेका छन्। यसतर्फ ध्यान दिनुपर्छ”, सांसद दाहालले भनिन्।
सांसद जगप्रसाद शर्माले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गरेर तत्काल सार्वजनिक यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसलाई व्यावहारिक कार्यान्वयनका लागि आह्वान गर्दै यस दिन सार्वजनिक बिदाको व्यवस्था गर्नसमेत माग गरे।
सांसद सुमित्रा बिसीले यातायात व्यवसायीको आन्दोलनका कारण यात्रु ‘राइड शेयरिङ’ सेवा प्रयोग गर्दा ठगीमा परेको भन्दै अनुगमन बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सांसद गोपीबहादुर सार्की आछामीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधा खारेजको सुझाव दिए। “दरबार हत्याकाण्डको आजसम्म छानबिन भएको छैन, छानबिन हुनुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
