मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको हो। यो १.३२ प्रतिशतको गिरावट हो। त्यस्तै शेयर कारोबार रकम पनि घटेको छ।
आज ३१५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ बराबरको कारोबार भएको छ। यसअघि सोमबार नौ अर्ब २२ करोड ६३ लाख रुपैयाँ कारोबार भएको थियो
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै बैंकिङ समूह २.३४ र होटल तथा पर्यटन समूह २.१२ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक १.१४, वित्त ०.८३, जलविद्युत् ०.९६, लगानी १.२९ र जीवन बीमा समूह ०.७४ प्रतिशतले घटेको छ।
यसैगरी, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त १.२७, म्युचल फन्ड ०.०१, निर्जीवन बिमा ०.६८, व्यापार एक दशमलव ३७ र अन्य समूह ०.९८ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा प्यूअर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
