प्रधानमन्त्री नियुक्त भए प्रचण्ड, सोमबार शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

काठमाडौँ- नेपालको ४४ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेको अवस्थामा संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रचण्डले निर्धारित समयभित्र राष्ट्रपतिसमक्ष आफूलाई प्रतिनिधिसभाका १६९ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका हुन्।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टी तथा स्वतन्त्र सांसद गरी १६९ जना सांसदले समर्थन गरेका छन्।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।