संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा सहायता वितरणस्थल वरपर सर्वसाधारणमाथि भएका ‘घातक आक्रमण’बाट अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ र ‘युद्ध अपराध’ भएको बताएको छ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजा पट्टीमा सहायता वितरणस्थल वरपर सर्वसाधारणमाथि भएका ‘घातक आक्रमण’बाट अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ र ‘युद्ध अपराध’ भएको बताएका छन्।
प्यालेस्टिनी क्षेत्रका उद्धारकर्ताले दक्षिणी शहर रफाहको सहायता वितरण केन्द्रनजिकै मंगलबार इजरायली गोली प्रहारबाट २७ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्। यो घटना आइतबारको यस्तै घटनापछि भएको हो, जतिबेला सोही स्थानमा ३१ जनाको मृत्यु भएको उद्धारकर्ताले बताएका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरू सहायता लिन गइरहेका थिए।
“गाजामा थोरै मात्रामा खाद्यान्न सहायता प्राप्त गर्न खोज्ने विचलित नागरिकमाथि घातक आक्रमण असहनीय छन्,” टर्कले एक विज्ञप्ति जारी गर्दै भनेका छन्। उनले गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित सहायता वितरणस्थल वरपर लगातार तेस्रो दिन मानिस मारिएको र दर्जनौँ घाइते भएको जानकारी प्राप्त भएको बताए।
अमेरिका समर्थित जीएचएफ हालै गठन भएको समूह हो। यसले इजरायलले गाजामा नयाँ सहायता वितरण संयन्त्र लागू गर्न सहयोग गरेको छ। तर, संयुक्त राष्ट्रसंघले तटस्थता, निष्पक्षता र स्वतन्त्रताका मानवीय सिद्धान्त पूरा नगर्ने चिन्ताका कारण जीएचफसँग काम गर्दैन।
प्रत्येक आक्रमणको तत्काल र निष्पक्ष अनुसन्धान गर्न र जिम्मेवारहरूलाई जबाफदेही बनाउन आग्रह गर्दै उनले भनेका छन्, “नागरिकविरुद्ध लक्षित आक्रमण अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन र युद्ध अपराध हो।”
प्यालेस्टिनीसँग धेरै विकल्प नभएको उल्लेख गर्दै उनले सैन्यकृत प्रणालीले सर्वसाधारणको जीवनलाई खतरामा पर्नुका साथै सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्ड पनि उल्लंघन गर्ने बताएका छन्।
“प्यालेस्टिनीलाई सबैभन्दा भयानक विकल्प प्रस्तुत गरिएको छ: भोकमरीबाट मर्नु वा इजरायलको सैन्यकृत मानवीय सहायता संयन्त्रमार्फत उपलब्ध गराइँदै आएको थोरै खानामा पहुँच गर्ने प्रयास गर्दा मारिने जोखिममा पर्नु। संयुक्त राष्ट्रसंघले बारम्बार चेतावनी दिएझैँ यो सैन्यकृत प्रणालीले जीवनलाई खतरामा पार्छ र सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्दछ,” उनले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
