परिस्थितिको सूक्ष्म अध्ययन गर्दै एकीकृत समाजवादी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले मुलुकमा विकसित राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।  

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए। 

बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो।