तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। स्थानीय बजारमा सुन तोलामा ५०० र चाँदी ३० रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। सोही परिमाणको चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ छ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम रहेको छ।