अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गतेसम्म आवेदन दिन सकिनेछ।
काठमाडौँ– दक्षिण एशियामा लैंगिक समानता र महिला अधिकारका लागि समर्पित स्व. कमला भासिनको योगदानको सम्मानमा स्थापना गरिएको ‘कमला भासिन अवार्ड २०२५’ यस वर्ष नेपालमा आयोजना गरिने भएको छ। उक्त कार्यक्रम काठमाडौँस्थित टेवाको आयोजनामा आगामी मंसिर ११ गते (नोभेम्बर २७) हुनेछ।
दक्षिण एशियाकी शान्ति अभियन्ता, लेखक, कवि, बाल साहित्यकार र समाज परिवर्तनकी प्रेरणादायी व्यक्तित्व कमला भासिनको निधन सन् २०२१ मा भएको थियो। उनको स्मृतिमा आजाद फाउन्डेसन, नेसनल फाउन्डेसन फर इन्डिया र आई पार्टनर इन्डियाले सन् २०२२ देखि शुरू गरेको यो अवार्ड दक्षिण एशियाली मुलुकमा लैंगिक समानताका लागि गरिएका प्रेरणादायी कामको सम्मान स्वरूप प्रदान गरिँदै आएको छ।
संस्थाका प्रतिनिधि मेहेताव आलमले ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, “समाज परिवर्तनमा कमला भासिनको अतुलनीय योगदान छ। उहाँको नाममा स्थापना गरिएको यो सम्मान यस वर्ष नेपालमा आयोजना गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
यस वर्षको पुरस्कार वितरण कार्यक्रमको व्यवस्थापन नेपालकै सामाजिक संस्था टेवाले गर्नेछ। टेवाकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले भनिन्, “कमला भासिनको नेपालप्रति विशेष आत्मीयता थियो। उहाँले नेपालमा महिला हिंसा न्यूनीकरण र नेतृत्व विकासका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ। त्यसैले यो वर्षको अवार्ड नेपालमा आयोजना गर्न लागिएको हो।”
टेवा सन् १९९५ मा स्थापना भएको संस्था हो, जसको मुख्य उद्देश्य नेपाली महिलामा आत्मनिर्भरता बढाउँदै विदेशी सहयोगको भर नपरी स्थानीय स्रोतबाट दिगो र समावेशी विकास सुनिश्चित गर्नु हो। हालसम्म टेवाले ४६ जिल्लाका १३६ भन्दा बढी महिला समूहलाई अनुदान प्रदान गरिसकेको छ।
कमला भासिन अवार्ड महिलाले कम प्रतिनिधित्व गर्ने वा सामाजिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिला वा लैंगिक समानताको प्रवर्द्धनमा सक्रिय पुरुषलाई दिइन्छ। यस वर्ष नेपाल, भारत, बांग्लादेश, पाकिस्तान र श्रीलंकाबाट प्रतिनिधित्व रहनेछ।
नेपालबाट महिला अधिकारकर्मी तथा पूर्वसांसद बिन्दा पाण्डे निर्णायक मण्डलमा रहेकी छन्। भारतबाट दुई जना, साथै बांग्लादेश, पाकिस्तान र श्रीलंकाबाट एक–एक जना गरी ६ जना निर्णायक छन्।
यसअघि नेपालकी नतिसरा राईले शारीरिक हिंसाविरुद्धको संघर्षका लागि यो अवार्ड प्राप्त गरिसकेकी छन्। यस्तै, परम्परागतभन्दा फरक पेसा अंगालेकोमा नेपालकै परिना सुब्बा लिम्बूले पनि यो अवार्ड पाइसकेकी छन्।
अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गते (२०२५ जुन ३०) सम्म आवेदन दिन सकिनेछ। दक्षिण एशियाको कुनै पनि मुलुकमा बसोबास गर्ने व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
