जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१ हजार २२७ ले कम हो।
जापानमा जन्मदरमा निरन्तर कमी आएको पाइएको छ। बुधबार सार्वजनिक सरकारी तथ्यांकअनुसार गत वर्ष जापानमा पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएका हुन्।
जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो। यो संख्या सन् १८९९ मा रेकर्ड शुरू भएयताकै सबैभन्दा कम जन्मदर हो।
विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरै वृद्ध व्यक्तिहरूको जनसंख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ।
प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपत्कालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास भइरहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार जापानको कुल प्रजनन दर पनि १.१५ मा झरेको छ।
जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो। जनसंख्याका हिसाबले खुम्चिँदै गएका गाउँमा ज्येष्ठ नागरिकहरू झन्–झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रको पुनरुत्थानको लागि आह्वान गरेका छन्।
आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन्। झन्डै १२ करोड ३० लाख जनसंख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसंख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ। सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसंख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन।
छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ। यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
