दोहोरो अंकले घट्यो शेयरबजार

आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।

काठमाडाैँ– शेयरबजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।

आज ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५९ हजार १३० पटक खरिदबिक्री हुँदा पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको ३६ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको १३ लाख ४५ हजार ४२६ कित्ता शेयर किनबेच भएको छ।