संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो। यस आदेशसँगै सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।
काठमाडौँ– विगत १३ वर्षदेखि विचाराधीन पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले बुधबार उत्प्रेषणको आदेश जारी गरेको छ।
संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमायासहित कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।
यस आदेशसँगै २०६९ साउन १२ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को मुद्दा नचलाउने निर्णय पनि बदर भएको छ। अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
