भारतको बैंगलोरस्थित चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन्।
काठमाडाैँ– भारतको बैंगलोरस्थित चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन्।
आईपीएल २०२५ को उपाधि जितेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) टोली बुधबार त्यहाँ पुगेको थियो। त्यस क्रममा, कर्नाटक सरकारले खेलाडीहरूलाई सम्मान गर्न एक भव्य कार्यक्रमको आयोजना गरेको थियो। तर, भीड नियन्त्रण बाहिर जाँदा भागदौड मच्चिएर ११ जनाको मृत्यु भएको हो।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले पत्रकार सम्मेलन गर्दै यस घटनाबारे जानकारी दिएका छन्। मुख्यमन्त्रीले यस विषयमा उच्चस्तरीय अनुसन्धानका साथै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत रकम दिने घोषणा गरेका छन्।
"सरकारले मृतकका लागि १० लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेको छ। घाइतेहरूको सरकारले नि:शुल्क उपचार गर्नेछ," उनले भने, "म यो घटनाको बचाउ गर्न चाहन्न। हाम्रो सरकारले यसमा राजनीति गर्दैन। मैले मजिस्ट्रेट अनुसन्धानको आदेश दिएको छु र १५ दिनको समय दिएको छु।"
रंगशालामा ३५ हजार जनाको मात्र क्षमता भए पनि २-३ लाख मानिसहरू आएको उनको भनाइ छ।
घटनाको लागि भारतीय जनता पार्टी (भाजपा)ले कर्नाटकको कांग्रेस सरकारलाई जिम्मेवार ठहराएको छ। कर्नाटक भाजपाले राज्यको कांग्रेस सरकारलाई निशाना बनाएर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्यो,– "कांग्रेस सरकारको गैरजिम्मेवारीपनका कारण भागदौडमा धेरै मानिसहरू आफ्नो ज्यानको लागि लडिरहेका छन्। भीड नियन्त्रण गर्न कुनै उपाय छैन। कुनै आधारभूत व्यवस्था छैन। केवल अराजकता।"
कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्या र उपमुख्यमन्त्री डीके शिवकुमारमाथि आक्रमण गर्दै कर्नाटक भाजपाले लेखेको छ,– "जब निर्दोष मानिसहरू मरिरहेका थिए, सिद्धरामय्या र डीके शिवकुमार क्रिकेटरहरूसँग रिलहरू खिच्न र लाइमलाइटमा व्यस्त थिए। यो आपराधिक लापरबाही हो।"
एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीसँग भनेका छन्, "चिन्नास्वामी रंगशालाको गेटमा भागदौड मच्चियो। यो घटना हुँदा रंगशालाको गेट खुलेको थिएन र ठूलो संख्यामा मानिसहरू सानो गेटलाई धकेलेर तोड्ने प्रयास गरिरहेका थिए र यसै क्रममा भागदौड मच्चियो।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
