२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो। काठमाडौँ महानगरपालिकाले मर्मत गरेर पोखरी खुला गरेको हो।
काठमाडौँ– बालाजु पौडीपोखरी १० वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ। काठमाडौँ महानगरपालिकाले मर्मत गरी पोखरी खुला गरेको हो।
पौडीपोखरी सबैका लागि खुला गरिएको वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले बताइन्। २०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो। त्यसपछि पोखरीको पुनर्निर्माण गरिएको थियो। २०८० चैत १९ गते पुनर्निर्माण सम्पन्न भएको थियो।
पौडीका लागि पूरा शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ। मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ। सिजनल सदस्यका लागि १२ हजार रुपैयाँ तोकिएको छ।
विद्यार्थीहरूलाई छुटसहित १५० रुपैयाँ तोकिएको छ। २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ। लकर सुविधा लिएबापत थप ५० रुपैयाँ लाग्नेछ।
यो पोखरी १८ लाख लिटर क्षमताको हो। ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ तीनदेखि १० फिटसम्म रहेको छ। पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ। पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ।
पौडीपोखरीमा १५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि छ। यसैगरी व्यवस्थित शौचालय र स्नान घर रहेको छ। सुरक्षाका लागि लाइफ गार्डको व्यवस्था गरिएको वडाध्यक्ष श्रेष्ठले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
