पतञ्जलि जग्गा हिनामिना प्रकरण: पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। 

उनका अनुसार तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त सहितविरुद्ध मुद्दा दायर गरिएको हो। 

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।