निर्धारित समयभन्दा झन्डै साढे चार घण्टा ढिला गरी बसेको प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन्।
काठमाडौँ– केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक बिहीबार अपराह्न १० मिनेट बसेर फेरि शुक्रबारसम्मका लागि स्थगन भएको छ। निर्धारित समयभन्दा झन्डै साढे चार घण्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी सांसदले उठेर विरोध जनाए।
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे। प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन्।
सभामुख घिमिरेले पटक–पटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरे। चालु अधिवेशनबाट अत्यावश्यक कानून बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न पनि अनुरोध गरे।
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय मागेको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे।
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए। प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो। विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
