कोशीमा उद्धार अभ्यासका क्रममा सशस्त्रका २ गोताखोर बेपत्ता

सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई गोताखोर बेपत्ता भएका छन्।

फाइल तस्वीर

काठमाडौँ– सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बेपत्ता भएका छन्।

बिहीबार उद्धार अभ्यासका क्रममा कोशी ब्यारेज नजिकैबाट सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरी बलका अनुसार सामन्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएका छन्।

कुनै गम्भीर प्राविधिक गडबढी हुन सक्ने उनीहरूको आशंका छ। पानीको अत्यधिक प्रवाह रहेको ठाउँबाट उनीहरू बेपत्ता भएका हुन्। अहिले थप गोताखोरबाट उनीहरू खोजी कार्य जारी सशस्त्र प्रहरीले जनाएको छ।