सप्तकोशीमा बेपत्ता एक गोताखोरको शव फेला

सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव उनी बेपत्ता भएको स्थानभन्दा करिब तीन किलोमिटर तल नदी किनारमा भेटिएको हो।

काठमाडौँ– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोरमध्ये एक जनाको शव फेला परेको छ। 

सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव शुक्रबार बिहान सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। 

बेपत्ता भएको स्थानभन्दा करिब तीन किलोमिटर तल उनको शव भेटिएको हो। हराइरहेका अर्का सशस्त्र प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ। 

उनको खोजीमा सशस्त्र प्रहरी बलका एसएसपी नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ।