सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।
राजविराज– डाँकाको एक समूहले सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या गरेको छ।
बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको प्रहरीले जनाएको छ। लुटपाटको प्रतिकार गर्दा घरधनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो। धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीप्रमुख खतिवडाले बताए।
डाँकाहरूको खोजी भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
