जाजरकोटको नलगाड–८ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ भने एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ।
भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए। १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको उनले बताए।
शुक्रबार दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए। जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर आशाको खोजी भइरहेको जाजरकोटका डीएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदी भाई हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
