झापाको कनकाई नगरपालिका–२ मा हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका छन्।
झापा– कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा शुक्रबार आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो। घाइते हुनेहरूमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन्।
घाइतेहरूको बीएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, शुक्रबार कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल छन्। आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उनी घाइते भएका थिए।
उनीलाई उपचारका लागि विराटनगरस्थित टिचिङ अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
