बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक, होटललगायतका पसल जल्दा पौने नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बाजुरा– बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन्।
आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार प्रहरीले प्रारम्भिक रूपमा क्षतिको विवरण संकलन गरेका पसलमा आठ करोड ७७ लाख ६५ हजार रुपैयाँ क्षति भएको हो।
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख रुपैयाँ क्षति भएको पाइएको छ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन।
आगलागीबाट फेन्सी, मेडिकल, इलेकट्रोनिक, पुस्तक, होटललगायतका जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ। आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ।
शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिन्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नि नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो गरेका छन्। “स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो,” पीडित छत्र थापाले भने।
आगलागीबाट पीडितहरूको तथ्यांक संकलन गरी उनीहरूलाई राहत र पुनर्स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र संघ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।
शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ। मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरूका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
