सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बैतडी– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्।
त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए।
“शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, संक्रमितलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ,” उनले भने। यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
