नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।
काठमाडौँ– नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि जुलियस म्युरुकी र सन्तोषी श्रेष्ठले जितेका छन्।
२५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी तय गरे भने महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषीले एक घण्टा ३१ मिनेट ४३ सेकेन्डमा निर्धारित दूरी तय गरिन्।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए। उनले एक घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। एक घण्टा १८ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै सुशील केसी तेस्रो भए।
महिलातर्फ आर्मीकी निशा सार्की दोस्रो भइन्। उनले एक घण्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन्। एक घण्टा ३८ मिनेट ०९ सेकेन्डमा दूरी तय गर्दै एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट शुरू भई कुपण्डोल, पाटनको कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हात्तीसार, लैनचौर, स्वयम्भू, ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा पुगेर टुंगिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
