झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका सईको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन्।

भद्रपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–३ सानो केर्खामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पुरनलाल राजवंशी रहेका छन्। केर्खातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए। 

त्यसपछि उपचारका लागि बिर्तामोडसथित बीएन्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।