संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।
झापा– मेचीनगर नगरपालिकाको घरपालुवा पशुमा ‘अफ्रिकन स्वाइन फ्लु’ र ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ। मेचीनगर–२, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लु’को संक्रमण पुष्टि भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
नगरको पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको उनले बताए। “कोशी प्रदेश र संघीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेका छौँ,” उनले भने।
पशुसेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीमा ‘लम्पी स्किन’को संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार गरिरहेको छ। गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको छ। किसानलाई गोठको सरसफाइका लागि फिनेललगायत सामग्री वितरण गरिएको छ। “संक्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिलर औषधि खुवाउने गरिरहेका छौँ,” उनले भने।
‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा परेको छ। यो रोग संक्रामक भाइरसबाट फैलिने प्राविधिक राईले बताए।
यसैगरी मेचीनगर–६ स्थित बबिता बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लु’का कारण ८० बंगुर मरेका छन्। पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बंगुरमा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि भएको पशुसेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए।
नगरपालिकाले प्रभावित बंगुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्य गरिरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
