कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।
मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। कोरला सडक आयोजनाले हालसम्म ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेटको ठेक्का सम्झौता गरेको थियो।
हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। उनका अनुसार आयोजनाले पर्वतको मालढुंगा-कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको कार्यालयले जनाएको छ। सडकतर्फ जोमसोम-कोरला ११० किमी ग्राभेलमध्ये ६ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरिसकेको छ। उनका अनुसार चराङ-छोसेर २५ किमी निर्माण अन्तिम चरणमा पुगेको छ।
यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी-जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्तीखण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र भइसकेको छ। गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ।
बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म पनि निर्माण सम्पन्न भइसकेको छ। “बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी सम्पन्न भएको छ। बाँकी निर्माणाधीन छ,” उनले भने।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्। हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए।
चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो। आयोजनासँग रहेको ५९ करोड शतप्रतिशत खर्च भइसकेको छ।
अर्थ मन्त्रालयले चालु आवका लागि रु १४ करोड बजेट थपेको छ। तर पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको छ। “यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ,” उनले भने।
कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुंगा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर-तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको छ।
आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुंगा-कागबेनीको १०५ किमीमध्ये ८५ किमी सडक सम्पन्न हुनेछ। आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
