आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको हो।
योसँगै नेप्सेमा चार कारोबार दिनयता निरन्तर गिरावट देखिएको हो। गत सोमबार सामान्य अंकले बढेको नेप्से परिसूचकमा मंगलबार ३५.७३, बुधबार ११.९७ र बिहीबार ५.९९ अंकको गिरावट देखिएको थियो। आइतबार कारोबार रकम अघिल्लो करोबार दिनभन्दा बढेको छ।
यस दिन ११३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ कारोबार भएको छ। बिहीबार सात अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन जलविद्युत् समूह १.२२ र होटल तथा व्यापार समूह ०.१२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.०५, विकास बैंक ०.०६, वित्त ०.९१, लगानी ०.०८ र जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७०, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी राधी विद्युत्को ७२ करोड ९५ लाख १४ हजार ६६० रुपैयाँ बरबरको शेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
