सरकारले यस वर्षका लागि चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।
झापा– सरकारले चालु वर्षका लागि चैतेधानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन्। सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन्।
सरकारले यस वर्षका लागि चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ। झापाका किसानले एक हजार ५०० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ। उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार संग्रौला बताउँछन्। सरकारले आफूहरूले उत्पादन गरेको धान किनिदिए ठूलो राहत मिल्ने उनको भनाइ छ।
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैतेधान खरिद गर्न सकिने अवस्था छैन। तर, आगामी वर्षदेखि चैतेधान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।
अर्जुनधारा नगरपालिका वडा नं ४ का किसान भीष्मप्रसाद हुमागाईंले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गरे। “सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्”, उनले भने, “अर्को वर्षदेखि चैतेधानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ।”
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैतेधानखेती गरिएको थियो। प्रतिहेक्टर ५.८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २०० मेट्रिकटन चैतेधान उत्पादन भएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
