मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।
मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ।
कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्यांकर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो। बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य १४७ रुपैयाँअनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ।
आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुंगाना र रानाभाट, ट्यांकर चालक निर्मला थापाविरुद्ध जनही चार लाख ४८ हजार ५२५ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
