काठमाडौँ आइपुगे अमेरिकाबाट डिपोर्ट भएका नेपाली

अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौँ आइपुगेका छन्।

काठमाडौँ– अमेरिकाले डिपोर्ट गरेका नेपाली नागरिक काठमाडौँ आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका सूचना अधिकारी अञ्जन न्यौपानेले ३७ जना नेपाली काठमाडौँ आइपुगेको बताए। फर्किएकाहरूमा ३२ जना पुरुष र ५ जना महिला रहेका छन्।

अमेरिकाले आप्रवासनसम्बन्धी कानून तोडेको भन्दै उनीहरूलाई डिपोर्ट गरेको हो। उनीहरूलाई अमेरिकी सरकारले जहाज चार्टर गरेर आइतबार साँझ काठमाडौँ ल्याइदिएको हो।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि अमेरिकामा गैरकान‍ूनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्ने क्रम बढेको छ। सोही क्रममा यी नेपालीलाई पनि फिर्ता पठाइएको हो।