यूईएफए नेसन्स लिग: स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले जित्यो उपाधि

म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।

काठमाडाैँ– पोर्चुगलले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। नेसन्स लिगमा पोर्चुगलले दोस्रो पटक ट्रफी जितेको हो।

खेलको २१ औँ मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई शुरूआति अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि पोर्चुगलका निनो मेन्डेसले बराबरीमा फर्काए पनि ४१ औँ मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई २-१ को अग्रतामा पुर्‍याए।

क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर खेलको अन्त्यसम्म दुबै टोलीबीच प्रगति नभएपछि पेनाल्टी सुटआउटमा प्रवेश गर्‍यो।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए। रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे। त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए।