इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
काठमाडाैँ– इजरायली सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारको शव पहिचान गरी फेला पारेको बताएको छ।
आइतबार, इजरायली रक्षा बल (आईडीएफ)ले सिनवारको शव दक्षिणी गाजामा पर्ने खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको बताएको हो। इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।
मे १३ मा भएको हवाई आक्रमणमा ४९ वर्षीय सिनवारको मृत्यु भएको थियो। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार जसमा २८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए। आईडीएले हमासका रफाह ब्रिगेड कमान्डर मोहम्मद सबानेहको शव पनि सिनवारको शव नजिकै फेला परेको बताएको छ।
आईडीएफले भनेको छ, “सिनवार र सबानेहसँग सम्बन्धित धेरै वस्तुहरू पनि बरामद गरिएको छ, साथै अन्य गुप्तचर जानकारीहरू पनि बरामद गरिएको छ जुन थप अनुसन्धानको लागि पठाइएको छ।”
आईडीएफका अनुसार त्यहाँ अन्य शवहरू पनि फेला परेका छन्, जसको पहिचान भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
