खुपेन सुनुवारको कवितासंग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' लन्डनमा सार्वजनिक भएको छ।
काठमाडौँ– खुपेन सुनुवारको कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लन्डनमा सार्वजनिक भएको छ।
सडबरीमा भएको कार्यक्रममा लेखक गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई, केदार संकेत, निर्भीकजंग रायमाझी र कवि खुपेन सुनुवारले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रममा गोपी सापकोटाले खुपेनका कवितामा जीवनका अनुभव र परिवेश सरल तरिकाले सुन्दर ढंगले प्रस्तुत भएको बताए।
अर्का वक्ता काङमाङ नरेश राईले एउटै कवितामा इतिहास, कथा, भौतिक संसार र दर्शनको कुरा अटाएको बताए।
लेखक सुमाया राईले खुपेनका कविताले मान्छेको अस्तित्व खोज्दै जीवनको महत्त्व देखाएको विचार व्यक्त गरिन्।
काठमाडौँको माया पब्लिकेशनले छापेको यो कवितासंग्रहहमा ६८ वटा कविता छन्। रामेछाप मूलघर भई विगत १० वर्षदेखि बेलायतमा बस्दै आएका कवि खुपेनको यसअघि गीत–कविता ‘ब्लु–नोट’ प्रकाशित भएको थियो।
बेलायतमा रहेको ‘नेपाली बुक्स युके’ र ‘साहित्य–संगालो युके’ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बेलायतमा बस्ने धेरै नेपाली साहित्यप्रेमीको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
