बन्दीपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
तनहुँ– बन्दीपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ।
आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतंक बढेको छ।
यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते भएकी कुमालको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
