तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज एक तोल सुनको मूल्य १ लाख ९० हजार रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको पहेँलो धातु १ लाख ९० हजार ६०० रुपैयाँ मा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। आज एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदी २ हजार १६५ मा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।