पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ का रवीन्द्र वासुकला, मोरङ रतुवामाई नगरपालिका-१० का लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरुणराज शर्मा रहेका छन्।
काठमाडौँ– बेलायत र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ का रवीन्द्र वासुकला, मोरङ रतुवामाई नगरपालिका-१० का लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरुणराज शर्मा रहेका छन्।
पक्राउ परेकामध्ये रवीन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ६० हजार रुपैयाँ तथा लक्ष्मण र अरुणले बेलायत पठाउने भन्दै ३८ जना पीडितबाट ११ करोड ६ लाख ९७ हजार रूपै याँ लिई सम्पर्कविहीन भएका थिए।
रवीन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरुणलाई काठमाडौँ महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
