अस्ट्रियाको स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु‍

अस्ट्रियामा स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने धेरै विद्यार्थी र शिक्षक गम्भीर घाइते भएका छन्।

अस्ट्रियाको ग्राज शहरको एक स्कुलमा गोली चल्दा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय मिडियाले मंगलबार जनाएको छ।

गोली हानाहानमा धेरै विद्यार्थी र शिक्षक गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्। घटनाका सन्दिग्धले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्टसमेत मिडियाले गरेका छन्। 

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मंगलबार बिहान १० बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो।

घटनास्थलमा हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो। विद्यालय खाली गरी थप खतरा हुनबाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।