यस प्रकारको न्यानो टेक्नोलोजीलाई अगाडि बढाउन सकिए भविष्यमा शरीरमा औषधि पुर्याउन, साना शल्यक्रिया गर्न र चिकित्सा मेसिनहरू सुधारमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।
काठमाडौँ– बेलायतको लफबरो विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अनौठो उपलब्धि हासिल गरेका छन्। उनीहरूले 'संसारको सबैभन्दा सानो' भ्वाइलिन बनाएका हुन्, जुन मानव रौंभन्दा पनि पातलो छ।
नयाँ न्यानो टेक्नोलोजी 'न्यानोलिथोग्राफी'को सहयोगमा बनाइएको यो भ्वाइलिन साधारण आँखाले देख्न सकिँदैन। यसलाई हेर्नको लागि माइक्रोस्कोप चाहिन्छ। यसको लम्बाइ केवल ३५ माइक्रोन र मोटाइ १३ माइक्रोन छ। मानव कपालको मोटाइ लगभग १७ देखि १८० माइक्रोनसम्म हुन्छ।
यो भ्वाइलिन बनाउने उद्देश्य केवल नयाँ चीज देखाउनु मात्र नभइ धेरै सानो स्तरमा पनि वस्तु बनाउन सकिन्छ भनेर प्रमाणित गर्नु रहेको वैज्ञानिकहरूले बताएका छन्। भ्वाइलिन भनिए पनि यो सुन्न सकिँदैन तर यसको डिजाइन वास्तविक भ्वाइलिनको जस्तै छ। यसमा भ्वाइलिनको शरीर, घाँटी र तार जस्ता सबै भागहरू सूक्ष्म आकारमा बनाइएको छ। तर यसलाई अहिलेसम्म विश्वको सबैभन्दा सानो भायोलिनको रूपमा आधिकारिक रूपमा पुष्टि नगरिएको विश्वविद्यालयले जनाएको छ।
वैज्ञानिकहरूले यो भ्वाइलिन एक अनुसन्धान परियोजनाअन्तर्गत बनाएका हुन्। यस प्रकारको न्यानो टेक्नोलोजीलाई अगाडि बढाउन सकिए भविष्यमा यसलाई शरीरमा औषधि पुर्याउन, साना शल्यक्रिया गर्न र चिकित्सा मेसिनहरू सुधारमा प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ।
विश्वविद्यालयकी प्रोफेसर केली मोरिसन भन्छिन्, “हाम्रो न्यानोलिथोग्राफी प्रणालीले हामीलाई प्रकाश, चुम्बकत्त्व वा बिजुली प्रयोग गरेर विभिन्न तरिकाले सामग्रीहरूको जाँच गर्ने प्रयोग डिजाइन गर्न र तिनीहरूको प्रतिक्रिया अवलोकन गर्न सघाउँछ।”
उनका अनुसार एक पटक ती सामग्रीहरूले कसरी व्यवहार गर्छन् भनेर बुझेपछि, त्यो ज्ञानलाई नयाँ प्रविधिहरू विकासका लागि काम गर्न सकिनेछ। उनी भन्छन्, “चाहे त्यो कम्प्युटिङ दक्षता सुधार गर्ने होस् वा ऊर्जा संकलन गर्ने नयाँ तरिकाहरू खोज्ने होस्, यस प्रविधिले काम गर्नेछ।”
न्यानोलिथोग्राफी प्रणाली प्रयोग गरेर भ्वाइलिन बनाउन लगभग तीन घण्टा लागेको थियो। तर अन्तिम संस्करणमा पुग्न त्यसअघि महिनाैँ लागेको थियो, जसमा अनुसन्धान टोलीले विभिन्न प्रविधिहरूलाई परिष्कृत र परीक्षण गरेका थिए।
“हामीसँग सेटअप भएको नियन्त्रणको स्तर र सम्भावनाहरू देखेर म साँच्चै उत्साहित छु,” प्रोफेसर मोरिसनले थपिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
