भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि पाकिस्तानले रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।
पाकिस्तानले यस वर्षको संघीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गरिएको घोषणा गरेको छ। यो घोषणा भारतसँग पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि आएको हो।
उक्त संघर्ष पछिल्ला दशकमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ। मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुवै आणविक शक्तिराष्ट्रबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यसपछि मात्र युद्धविरामको घोषणा गरिएको थियो।
मंगलबार साँझ संसद्मा अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गरे। बजेटको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुटाइएको छ। यो अघिल्लो वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर) बाट बढेर यस वर्ष २.५५ ट्रिलियन रुपैयाँ पुग्नेछ।
यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदका लागि वार्ता भइरहेको जानकारी दिइएको थियो।
सन् २०२३ मा पाकिस्तान आर्थिक संकटको संघारमा पुगेको थियो। त्यतिबेला राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण देशको ऋणभार अत्यधिक बढेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त सात अर्ब डलरको राहतले देशलाई संकटबाट जोगाएको थियो।
त्यसयता देशले केही मात्रामा आर्थिक सुधारको संकेत देखाएको छ, मुद्रास्फीति केही घटेको छ र विदेशी मुद्रा सञ्चिति पनि बढेको जनाइएको छ।
बजेट घोषणा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री औरंगजेबले भने, “हामी सही दिशामा अघि बढिरहेका छौँ। परिवर्तनका लागि दुईदेखि तीन वर्ष लाग्ने हुन्छ, तर लक्ष्यअनुसार राम्रो काम गरेका छौँ।”
यो बजेटमाथि संसद्ले यस महिनाको अन्त्यतिर मतदान गर्नेछ। तर सत्तारूढ पक्षको स्पष्ट बहुमत भएकाले ठूलो परिवर्तन हुने सम्भावना न्यून छ।
आउँदो आर्थिक वर्षका लागि सरकारले ४.२ प्रतिशत जीडीपी वृद्धिको महत्त्वाकांक्षी लक्ष्य लिएको छ। बजेटअनुसार, देशको ठूलो ऋण तिर्नका लागि आठ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै २८.४ अर्ब डलर) छुटाइएको छ।
पछिल्लो साता विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानको कुल जनसंख्याको करिब ४५ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको र देशको साक्षरता दर ६१ प्रतिशत रहेको उल्लेख गरेको छ। यो बजेट सन् २०२४ मा गठन भएको वर्तमान सरकारले ल्याएको दोस्रो बजेट हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
