पछिल्लो दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ।
काठमाडाैँ– पछिल्लो दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६८ अंकले घढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १० अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको २ करोड २० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रिभर फल्स पावरको शेयरमूल्य साढे सात प्रतिशत बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ४.८३ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक भने स्थिर रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
