जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६२ वर्षीय रघुनाथ पौडेलको कृषिकर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा घाँसखेती। यसैबाट गाउँमा रमाइरहेको छ, पौडेल परिवार।
गलकोट– बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ। खण्डहर घर र बाँझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती। यसैबाट गाउँमा सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल।
उमेरले ६२ वर्ष पुगेका उनी र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त छन्। गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आएका पौडेल परिवारसँग प्लास्टिक टनेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ।
बाबुछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। गाउँमा बसाइँसराइले बाँदर आतंक भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ। परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइरहेका छन्।
“गाउँ रित्तियो, सम्पत्ति भएका त शहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ,” बुबा रघुनाथले भने, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ। आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लास्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ। यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ।” गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए।
पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ। बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ।
“हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ। छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुपालन गर्दै आएका छौँ। यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहरेको छ, यसैमा खुशी छु,” राजनले भने। हाल फार्ममा ६ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्किँदै गरेका छन्। यी सबै हुर्किए र उत्पादन शुरू भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ।
बाँदरको आतंकपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन्। त्यसैले पौडेल बाबुछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका हुन्। यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा २ लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
