२०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ।
काठमाडौँ– मुक्कुम्लुङ अन्तर्दलीय संघर्ष समितिले ‘मुक्कुम्लुङ संरक्षण’ र ‘नो केबलकार’ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
घोषित कार्यक्रमअन्तर्गत जेठ ३१ र असार १ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रको संरक्षणका लागि वृक्षारोपण कार्यक्रम गर्ने छ।
असार २ गते तमोरखोला (इम्बिरी याङधाङवा) क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत अध्ययन गरी त्यसको असरको मूल्यांकन गर्ने र आन्दोलनका आगामी कार्यक्रमको रूपरेखा तयार गर्न आवश्यक निर्णय लिने जनाइएको छ।
मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले मूल्यवान् भएकाले त्यसको अतिक्रमण र व्यवसायीकरण रोक्नु नै आन्दोलनको लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ।
“सरकार र केबलकार परियोजना पक्षधरबीचको मिलेमतो, नागरिकको आवाजको बेवास्ता र ‘विकास’को नाममा भइरहेको सांस्कृतिक विनाशविरुद्ध अबको आन्दोलन अझ व्यापक र अन्तर्राष्ट्रियस्तरमा फैलाइने छ,” समितिले विज्ञप्तिमा भनेको छ।
आफूहरूले बारम्बार वार्ता र संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको समितिको आरोप छ। २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
