हटाइँदै सूर्यविनायक–साँगा सडक सीमाभित्रका संरचना [तस्वीरहरू]

पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाइएको थियो। दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाउन थालिएको हो।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काउन थालिएको छ । 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडकखण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै घरधनी आफैले सो संरचना हटाउन थालेका हुन्। 

आयोजनाले पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको थियो। दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाउन थालिएको हो।

यस क्षेत्रमा सडक ६ लेनमा विस्तार भइरहेको छ। विस्तारका लागि सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घरटहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ। 

मुआब्जालगायत विषयमा लामो समय विवाद भएका कारण संरचना हटाउन समस्या भएको थियो।