रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा चितवन-२ बाट निर्वाचित सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

पार्टीले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले उकालोलाई बताए। यद्यपि कुन मन्त्रालय लिने भन्ने निर्णय नभएको उनले बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रास्वपाले आइतबार प्रधानमन्त्रीमा समर्थन गरेको थियो।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे शपथ लिँदैछन्। त्यस्तै, उनले साझेदार दलहरूबाट एक-एक जना मन्त्रीसहित मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन्।