नेप्से परिसूचक ९ अंकले घट्यो, साढे १२ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०८ अंक अर्थात् ०.३४ प्रतिशतले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।

विभिन्न ३११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ रुपैयाँ बारबरको  कारोबार भएको छ। यस दिन उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फन्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ।

साथै, पियोर इनर्जीको शेयर मूल्य ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्सको ६.७८ प्रतिशत र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य ५.९९ प्रतिशतले बढेको छ।

साथै, गुँरास लघुवित्तको ९.९० प्रतिशत, रिभल फल्स पावरको ६.९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य ५.५८ प्रतिशतले घटेको छ। 

यस दिनको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब तीन करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ।