काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईले डीएसपी केसीलाई सीआइबीको टोलीले पक्राउ गरेको पुष्टि गरेका छन्।
सीआइबीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो।
उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर उनी आफैँले राखेको पाइएको छ।
प्रवक्ता राईले पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। केसीको साथबाट ३५ तोला सुन र नगद २५ लाख रुपैयाँ बरामद भएको पनि प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
